Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चिसो बढेपछि मनाङका विद्यालय बन्द

शनिबार, २६ मंसिर २०७२

काठमाडौँ, २६ मङ्सिर । हिमालपारिको जिल्ला मनाङमा अत्यधिक जाडो बढ्न थालेपछि मनाङका सबै विद्यालय बन्द भएका छन् । १३ गाविस रहेको मनाङका सबै विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालय मनाङले जनाएको छ । 

माथिल्लो मनाङको मनाङ, खाङसर, टङ्की मनाङ, ङावल, घ्यारु, पिसाङ र भ्राका गाविस, नार, फू उपत्यकाका विद्यालय र तल्लो मनाङको सदरमुकाम चामेसहित धारापानी, ताचै बगरछाप र थो“चे गाविसका सबै विद्यालय बन्द भएका हुन् । 

मनाङका सबै विद्यालयले मङ्सिर २४ गते परीक्षा सकेर विद्यालय बन्द गरेको जिल्ला शिक्षा कार्यालय मनाङले जनाएको छ । 

शिक्षा नियमावलीमा बढीमा ५० दिन जाडो बिदा दिने उल्लेख छ । तर नार र फू उपत्यकासहित माथिल्लो मनाङका सबै विद्यालयले झन्डै ७० दिनभन्दा लामो समय बिदा गर्ने गरेका छन् । यस वर्ष भूकम्पका कारण एक महिना बन्द रहेका विद्यालय फेरि लामो समय बिदा गर्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । 

अधिकांश समय हिउ“ जम्ने भएकाले माथिल्लो मनाङका केही विद्यालयमा मुस्किलले ६ महिना मात्रै पढाइ हुन्छ । 

शिक्षकहरु टाढा टाढाबाट आउने तथा जाने गर्नुपर्ने भएकाले मनाङको पढाइ अन्य समयमा पनि प्रभावित हुदैँ आएको छ । सिङ्गो जिल्लाभरि १३ गाविस रहेको मनाङमा दुई उच्च माध्यमिक विद्यालय, दुई माध्यमिक विद्यालय, सात निमावि, १४ प्रावि र एक निजी गरी २६ वटा विद्यालय छन् । 

(रासस)

 

प्रतिक्रिया