Edukhabar
बुधबार, ०९ माघ २०८१
गतिविधि

अभिभावक विहिन विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

मंगलबार, १८ मंसिर २०८१

पाल्पा - माथागढी गाउँ पालिकाको रुप्से स्थित कर्णधार माध्यमिक विद्यालयमा अध्ययनरत अभिभावक विहिन एवं विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । बालबालिकाको शिक्षा र सशक्तिकरणमा कृयाशिल उन्नती नेपालले उक्त सहयोग गरेको हो । 

आमा बाबु मध्ये एक जना अभिभावक नभएका एवं विपन्न परिवारका १० जना बालबालिकालाई सोमबार एक कार्यक्रमका बिच कापी, कलम सहित झोला प्रदान गरियो । कक्षा एक देखि १० सम्मका विद्यार्थीलाई कक्षा अनुसार आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरिएको छ । विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै पालिकाका अध्यक्ष यम चिदीले सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि पालिकाले विद्यालय र बालबालिकालाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पालिकाले स्थानीय पाठ्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने योजना रहेको बताउँदै उनले मातृ भाषा र संस्कृतीको जगेर्ना गर्ने पनि बताए ।

mathagadi_school

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजन अधिकारीले शैक्षिक सुधारका लागि पालिकाबाट थप सहयोगको अपेक्षा गरेको बताए ।

पूर्व शिक्षक समेत रहेका शिक्षाकर्मी राधाकृष्ण शर्माले शैक्षिक सुधारका  लागि विद्यार्थी अभिभावक, पालिका र विद्यालयले मिलेर काम गर्नु पर्ने बताए ।

कार्यक्रममा विद्यालय रहेको वडाका वडाध्यक्ष बोमबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यानसिं थापा लगायतले बालबालिकाको सिकाइ र विद्यालयको विकासका बारेमा आआफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया