भक्तपुर–निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन मध्यपुरथिमी नगर प्याब्सनको अध्यक्षमा सुमन बस्नेत चयन भएका छन् ।
तेस्रो नगर अधिवेशनले युनिक नेपाल एकाडेमी लोकन्थलीका बस्नेतको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा लर्ड बुद्ध इङलिस स्कूलका बुद्धरत्न बादे, सचिवमा तपोभूमि स्कूलका मनोज दिक्षित र कोषाध्यक्षमा एडभान्स एकाडेमीका सोमकृष्ण प्रजापति चयन भएका हुन् । प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष जनप्रेमी स्कुलका निलेश आचार्य मनोनयन गरिएको छ ।
सदस्यमा एक्टिभ इङलिस स्कुल आशाहरी प्रजापति, क्रियटिभ लर्नस एकाडेमीका कृष्णहरी धवा श्रेष्ठ र वेल फेयर एकाडेमीका अनिता कायस्त निर्वाचित भएका हुन् ।
प्रतिक्रिया