Edukhabar
बुधबार, ०९ माघ २०८१
गतिविधि

प्लाष्टिक प्रदुषण विरूद्ध विद्यार्थीको अभियान

सोमबार, ०३ मंसिर २०८१

सप्तरी - बाटोघाटो र सार्वजनिक स्थलमा जथाभावी रुपमा फालिएका प्लाष्टिकजन्य फोहरका कारण बढ्दो वातावरणीय प्रदुषण नियन्त्रण गर्न विद्यार्थीको अगुवाईमा फोहर प्लाष्टिक सङ्कलन गरिएको छ । रूपनगर क्याम्पसका विद्यार्थीको समूह रूपनगर युथ स्क्वाडको अगुवाईमा शनिबार बिहान रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरिएको हो ।

रूपनगर क्याम्पस र आरडी एकेडेमीका विद्यार्थी, जनप्रतिनिधि, समाजसेवी, राजनीतिज्ञ, पत्रकार तथा स्थानीयहरू समेतको सहभागितामा उक्त कार्यक्रममा गरिएको हो । सङ्कलित प्लाष्टिककाट ‘इको ब्रिक’ बनाइने ‘रूपनगर युथ स्क्वाड’ का संयोजक आफताब अलीले बताए । प्लाष्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर बनाइने ‘इको ब्रिक’ बाट सार्वजनिक स्थलमा बस्ने मुढा, बेञ्च, कुर्सी आदि बनाउने योजना रहेको रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले बताए । 

यो अभियानका लागि पुरक एशिया नामक संस्थाले सहयोग गरेको छ । 

प्रतिक्रिया