Edukhabar
विहीबार, ०६ मंसिर २०८१
गतिविधि

आठ बर्ष पछि बल्ल दीक्षान्त

सोमबार, २६ कार्तिक २०८१

धरान - विभिन्न खाले विवाद र उल्झन्मा पर्दै आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आठ बर्ष पछि बल्ल दीक्षान्त कार्यक्रम गरेको छ । सन् २०१६ मा १२ औं दीक्षान्त गरेको प्रतिष्ठानले सोमबार १३ औं दीक्षान्त कार्यक्रम गरेको हो । प्रतिष्ठानका कुलपति एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संकायका छ सय ५७ जना विद्यार्थीलाई दीक्षित गरेका छन् । 

प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीलाई दीक्षित गरिएको छ । भारतका शिक्षाविद प्रा. डा. ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सहकुलपति एवं  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल लगायत सहभागी थिए । कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्ने विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीलाई वितरण गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे दावी गरे । उनले नेपालका थारु समुदायमा देखिने सिकलसेलको औषधि ल्याएर वितरण गर्ने घोषणा गर्दै उनले भारतमा उत्पादित उक्त औषधि वितरण गर्न तयार हुनुपर्ने बताएका हुन् । 

ऋषि चरकले नेपालबाटै स्वास्थ विज्ञानको थालनी गरेको दावी गर्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए । 

प्रतिक्रिया