Edukhabar
विहीबार, १० माघ २०८१
गतिविधि

सीटीइभीटीको बजेट ६ अर्ब ४० करोड

सीटीइभीटी अन्तर्गत ६६ वटा आङ्गिक शिक्षालय, ५७ वटा साझेदारी शिक्षालय, ६ सय ३९ सामुदायिक विद्यालय, चार सय सात वटा निजी शिक्षालय सञ्चालित छन् ।

बुधबार, २१ कार्तिक २०८१

भक्तपुर-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को चालू आर्थिक वर्षको बजेट ६ अर्ब ४० करोड ७२ लाख ६५ हजार स्वीकृत भएको छ । 

सीटीइभीटी १० औँ सभाले आर्थिक वर्ष ०८१/८२ को वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको हो । सीटीइभीटीका अनुसार सरकारबाट तीन अर्ब ९९ करोड ९७ लाख ६५ हजार, वैदेशिक स्रोतबाट १ अर्ब ७२ करोड ७५ लाख र सीटीइभीटीको आन्तरिक स्रोत ६८ लाख रहेको छ । 

सीटीइभीटी ऐन २०४५ को दफा ५ मा कार्यक्रम र बजेट स्वीकृत गर्नु पर्ने व्यवस्था छ । ०७९/८० मा सीटीभीटीको बजेट सात अर्ब थियो  ।

सीटीइभीटी अन्तर्गत ६६ वटा आङ्गिक शिक्षालय, ५७ वटा साझेदारी शिक्षालय, ६३९ सामुदायिक विद्यालय, चार सय सात वटा निजी शिक्षालय सञ्चालित छन् । त्यस्तै छोटो अवधिको सीपमूलक तालीम सञ्चालन गर्ने संस्था एक हजार ६ सय २१ भन्दा बढी छन् । सीटीइभीटीको प्रि डिप्लोमा तहमा ३३, डिप्लोमा तहमा ४९ वटा पाठ्यक्रम रहेको छ । सीटीइभीटी अन्तर्गत इन्स्योर परियोजना, क्वालिटी परियोजना सञ्चालनमा रहेका छन् । 

 

प्रतिक्रिया