Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

एसएलसी उत्तरपूस्तिकाको गुणस्तर बढाइने 

शुक्रबार, २५ मंसिर २०७२

काठमाडौँ, २५ मंसिर । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको उत्तरपूस्तिकाको गुणस्तर बढाउने भएको छ।  यसअघि एसएलसीमा सहभागी विद्यार्थीले उत्तरपूस्तिकामा जेलपेनले लेख्दा अर्को पानामा समेत मसी लतपत हुने गरेको गुनासो आएपछि पनिकाले गुणस्तर बढाउन लागेको हो । 

उपनियन्त्रक अनुपचन्द्र श्रेष्ठका अनुसार गत बर्षसम्म ६० ग्रामको पेपर प्रयोग गरिएपनि यस बर्षदेखि ७० ग्रामको हुनेछ ।  ‘विगतको कमजोरी सुधार्न हामीले सरोकारवालासंग छलफल गर्दा उत्तरपूस्तिका अलि गुणस्तरको बनाउन सुझाव आएको थियो’, उनले भने, ‘त्यसअनुसार यसै बर्षदेखि विद्यार्थीले १० ग्राम बाक्लो उत्तरपूस्तिका पाउनेछन्।’

पनिकाले परिक्षा सुधारका लागी ५ विकास क्षेत्रमै सरोकारवालासंग गरेको छलफलपछि सुधार गरेको हो । लेटर ग्रेडिङ प्रणाली शुरु गर्नुअघि आवश्यक सुधार गर्न पनिकाले आफ्नो कमजोरी र समाधानका बारेमा अध्ययन गरेको थियो । 

पनिकाले विद्यार्थी, श्रोत व्यक्ति, शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालयका कर्मचारी, जिल्ला शिक्षा अधिकारी, विद्यालय व्यवस्थापन समिती, जिल्ला परीक्षा समिती, निरिक्षक, प्रश्ननिर्माणकर्ता, परीक्षकलगायतसंग परीक्षामा देखिएको कमजोरीबारे छलफल गरेको थियो ।

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार।)

 

प्रतिक्रिया