Edukhabar
बुधबार, ०७ कार्तिक २०८१
खबर/फिचर

६१ जनाले ल्याए ए प्लस, १७ हजार विद्यार्थीको अंग्रेजीमा फेरी एनजी

पास भएका मध्ये सबैभन्दा धेरैले सी ल्याएका छन् ।

आइतबार, ०४ कार्तिक २०८१

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को मौका परीक्षामा ६१ जनाले ए प्लस ल्याउन सफल भएका छन् ।

वैशाखमा लिएको परीक्षामा एनजी ल्याउने विद्यार्थीले भदौमा भएको मौका परीक्षामा भने ए प्लस ल्याउन सफल भएका हुन् । बोर्डका अनुसार अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई, केमेस्ट्रीमा एक जनाले ए प्लस ल्याएका हुन् । 

एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकोमा ८६ हजार दुई सय ४६ जना अथार्त ७०.६० प्रतिशत पास भएका छन् । पास भएका मध्ये सबै भन्दा धेरैले सी ल्याएका छन् । 

बोर्डका अनुसार ए ल्याउने सात सय ५१, बी प्लस ल्याउने दुई हजार नौ सय ८६, बी मात्रै ल्याउने ११ हजार ४९, सी प्लस ल्याउने २३ हजार ६ सय ८८ र सी ग्रेड ल्याउने ४३ हजार सात सय चार जना विद्यार्थी छन् । ३९ हजार नौ सय ३२ जनाले डी ल्याएका छन् । परीक्षा दिएका मध्ये ३७ हजार १७ जनाले नतिजा सुधार गर्न सकेनन् । 

मौका परीक्षामा सबैभन्दा बढी अंग्रेजीमै फेल भएका छन् । ५७ हजार ६ सय ९० जनाले अंग्रेजी विषयको परीक्षा दिएकोमा १७ हजार नौ सय ४२ जनाको नतिजा फेरी पनि एनजी आएको हो । लेखामा २४ हजारले परीक्षा दिएकोमा आठ हजार तीन सय १५ले एनजी ल्याएका छन् । 

 

प्रतिक्रिया