Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बाहिरिएको प्रश्नपत्रमा विद्यार्थीलाई बराबर अंक

शुक्रबार, २५ मंसिर २०७२

काठमाडौँ, २५ मंसिर । कर्णाली स्वास्थयविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शनिबार सञ्चालन गरेको हेल्थ असिस्टेन्टको भनाई छनोट परिक्षाको प्रश्नपत्र बाहिरिएपछि उक्त विषयमा सबै परीक्षार्थीलाई बराबर अंक दिइने भएको छ। 

परीक्षा समिती बैठकले सबै परीक्षार्थीलाई बराबर अंक दिने निर्णय गरेको हो ।   प्रतिष्ठानकी डिन गायत्री राईले शनिबार बिहान सिडिओ कार्यालयमा प्रश्नपत्र सार्वजनिक भएको उजुरी परेपछि घटना खुलेको बताइन् । 

उनका अनुसार प्रश्नपत्रका ६ प्रश्न सार्वजनिक भएका थिए । ‘प्रश्नपत्र सार्वजनिक भएपछि समितीले ६ वटै प्रश्नमा सबै परिक्षार्थीलाई बराबर अंक दिने निर्णय गरेको छ’ उनले भनिन् ।   समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले समितीले हतारमा निर्णय गरेको स्वीकारे । 

उजुरी दिनेले बाहिरिएको दाबी गरेका प्रश्न ६ प्रश्न र प्रश्नपत्र भिडाउँदा सबै मिलेको पाइएको जानकारी दिदैँ प्रजिअ पौडेलले घटनाको अनुसन्धान थाल्ने बताए ।  प्रतिष्ठानका मेडिकल डाइरेक्टर सुर्यमान लिम्बुले भने एक सय प्रश्नमा १० प्रतिशत प्रश्न मिल्नु अनौठो नभएको जिकिर गरे । 

प्रतिष्ठानका उपकुलपति डा.पारसकुमार आचार्यले प्रश्नपत्र बाहिरिएकोबारे छानबिन हुने समेत बताए ।  विद्यार्थी छनोट परीक्षामा व्यापक अनियमितता भएको भन्दै अभिभावक र विद्यार्थीले घटनाको तत्काल छानबिन गर्न माग गरेका छन् । 

(आजको नागरिक दैनिकमा डिबी बुढाले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया