Edukhabar
सोमबार, २१ असोज २०८१
खबर/फिचर

शिक्षाका २१८ कर्मचारीको सरुवा

मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।

बुधबार, १६ असोज २०८१

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष पुरा भएका  दुई सय १८ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो । 

शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्का, गौरीशंकर पाण्डे,  दुर्गा पौडेल, विष्णुप्रसाद भट्टराई, तारानाथ निरौलाको सरुवा भएको छ । खड्कालाई चिकित्सा शिक्षा आयोग, पाण्डेलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र र कँडेलको राष्ट्रिय किताबखाना (शिक्षक) मा सरुवा गरिएको छ । त्यस्तै भट्टराई शिक्षा विकास तथा समन्वय इकाई चितवन, निरौलालाई राष्ट्रिय परीक्षा बोर्डमा पदस्थापन गरिएको हो । 

केन्द्रमा रहेका नीलकण्ठ ढकाल, सुरेशकुमार जोशीलाई मन्त्रालयमा लगेको छ । गिरमान थापालाई  राष्ट्रिय किताबखाना, सबिता दंगाल गौतमलाई युवा खेलकुद मन्त्रालय, गोविन्दराज पोखरेललाई बोर्ड, अर्जुन ढकाललाई चिकित्सा शिक्षा आयोग, रामचन्द्र शर्मालाई शिक्षक सेवा आयोगमा सरुवा गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका प्रमीला बखतीलाई शिक्षा विकास तथा समन्वय इकाई, टुकराज अधिकारीलाई सीएचआरडीमा सरुवा गरिएको छ । कुन्ती अधिकारीलाई मन्त्रालय, परीक्षा बोर्डका उशा कँडेललाई भाषा आयोग, भक्तबहादुर गोदारलाई सीएचआरडी, समन्वय इकाई चितवनका भूमिलाल सुवेदीलाई मन्त्रालयमा सरुवा गरिएको छ । इकाई कपिलवस्तुका थानेश्वर घिमिरेलाई गुल्मी, लोकनाथ मरासिनीलाई कपिलवस्तु, कैलालीका वैकुण्ठ सुवेदीलाई सिन्धुपाल्चोक, निर्मलकुमार घिमिरेलाई सिन्धुलीबाट भक्तपुर, पूर्णबहादुर बिकलाई सप्तरीबाट सीएचआरडी, ईश्वरीप्रसाद ज्ञवालीलाई किताबखानाबाट इकाई कैलाली,  मैया खड्कालाई चिकित्सा शिक्षा आयोगबाट शिक्षक सेवा आयोग सरुवा गरेको हो ।

लक्ष्मण देवकोटालाई परीक्षा बोर्डबाट शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सीएचआरडीका गोबिन्द्रप्रसाद अर्याललाई मन्त्रालय, जीवनबहादुर भण्डारीलाई सीएलपीआइयुबाट चिकित्सा शिक्षा आयोग, टिकाराम शर्मालाई चिकित्सा शिक्षा आयोगबाट बोर्ड, धनबहादुर श्रेष्ठलाई चिकित्सा शिक्षा आयोगबाट युवा तथा खेलकुद मन्त्रालय, रुद्रप्रसाद रेग्मीलाई बोर्ड, हरिप्रसाद अर्याललाई शिक्षक सेवा आयोगबाट सीएचआरडीमा सरुवा गरिएको छ । 

दिनेश घिमिरे राष्ट्रिय युवा परिषद्बाट सीएचआरडी, दामोदर चापागाईँलाई इआरओबाट इकाई धनकुटा, मोहन राईलाई धनकुटाबाट सुनसरी, खगेन्द्रप्रसाद सुवेदीलाई सुनसरीबाट भाषा आयोग काठमाडौँ, हरिप्रसाद निरौला इआरओबाट युवा तथा खेलकुद मन्त्रालय, शिवप्रसाद रेग्मीलाई शिक्षक सेवा आयोगबाट इकाई इलाम, देवीप्रसाद उपाध्याय मन्त्रालयबाट इकाई धादिङ, राम विनय कुमार सिंह रौतहटबाट सीएचआरडी, देवका ढकाललाई मन्त्रालयबाट इकाई काभ्रे, कुमार बस्नेतलाई इआरओबाट इकाई नुवाकोट सरुवा गरिएको छ । 

सुरेशकुमार यादव केशर पुस्तकालयबाट वन मन्त्रालय, यादवचन्द निरौलालाई मन्त्रालयबाट केशर पुस्तकाल, प्रेमराज अधिकारी वन मन्त्रालयबाट शिक्षा मन्त्रालय, प्रदिप भट्टराई सीएचआरडीबाट राष्ट्रिय पुस्तकालय, दशरथ मिश्र राष्ट्रिय पुस्तकालयबाट सीएचआरडी पुस्तकालयमा सरुवा भएका छन् । 

उपसचिवको लिष्ट

शाखा अधिकृतको लिष्ट

नायब सुब्बाको लिष्ट

प्रतिक्रिया