Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कम्प्युटर शिक्षा : २९ गाविसलाई कम्प्युटर

शुक्रबार, २५ मंसिर २०७२

काठमाडौँ, २५ मङ्सिर । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकले २९ वटा गाविसलाई कम्प्युटर हस्तान्तरण गरेको छ । 

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा रु २२ लाख बराबरको कम्प्युटर काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौलाले बुधवार ती गाविसका सम्बन्धित सचिवलाई हस्तान्तरण गरेका हुन् ।  

विभिन्न घटना दर्ता गर्न र सामाजिक सुरक्षालाई कम्प्युटर सफ्टवेयरमार्फत व्यवस्थित गर्नका लागि कम्प्युटर वितरण भएको हो, स्थानीय विकास अधिकारी टेकराज निरौलाले बताए । 

उनले कम्प्युटरमार्फत जनताको दैनिक काम सहज हुने उल्लेख गर्दै भरपुर उपयोग गर्न सम्बन्धित सचिवलाई आग्रह गरेका थिए । यसअघि अघिल्लो वर्ष पनि जिविस, धुलिखेलले २५ वटा गाविसलाई कम्प्युटर हस्तान्तरण गरेको थियो । 

कम्प्युटर नपाएका अन्य गाविसलाई समेत कम्प्युटर वितरणको कार्यक्रम रहेको जिविस अनुगमन तथा मूल्याङ्कन शाखाका राम लामाले जानकारी दिए ।  उनका अनुसार तिमाल क्षेत्र, कोसीपारि क्षेत्र र महाभारत शृङ्खला डाँडापारि क्षेत्रका २९ गाविसलाई कम्प्युटर हस्तान्तरण भएको हो । 

(रासस) 

 

प्रतिक्रिया