Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

पूर्वाञ्चल विश्वविद्यालयको सोमबारसम्मको परीक्षा स्थगित

शनिबार, १२ असोज २०८१

काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले सोमबारसम्मको परीक्षा स्थगित गरेको छ । त्रिवि र सीटीइभीटीले आइतबारको मात्रै परीक्षा स्थगित गरेकोमा पूर्वाञ्चलले सोमबारको पनि परीक्षा स्थगित गरेको हो । 

व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा शास्त्र, कला, शिक्षा शास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूको सेमेस्टर तथा वार्षिक प्रणाली अन्तर्गत नियमित, आंशिक र मौका परीक्षाहरू सञ्चालन भइरहेको छ । ‘देशभर अविरल वर्षाका कारण जटिल परिस्थिति उत्पन्न भएकाले आइतबार र सोमबार सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा भनिएको छ । 

 

 

प्रतिक्रिया