Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

त्रिविको सबै परीक्षा स्थगित

यो परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने

शनिबार, १२ असोज २०८१

काठमाडौं–त्रिभुवन विश्वविद्यालयले स्नातक तहको सम्पूर्ण परीक्षा स्थगित गरेको छ । 
असोज १० देखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आइतबार हुने परीक्षा स्थगित भएको त्रिविले जनाएको छ ।

आंशिक तर्फको बि.ए., बि.एड. बि.बि.एस. र बि.एस्सीको आइतबार हुने परीक्षा देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको जनाएको छ ।

यो परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने त्रिविले सूचना प्रकाशित गरेको छ । tu notice

प्रतिक्रिया