Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

बाढी पहिरोले शिक्षामा परेको समस्याको जानकारी सिधै प्रवक्ता र सूचना अधिकारीलाई

मन्त्रालयले सहसचिव एवम् प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईलाई ९८५११६९५६० र सूचना अधिकारी नारायणप्रसाद पोखरेललाई ९८५१०१३९०८ मा शिक्षा क्षेत्रमा विपद्ले पारेको समस्या जानकारी गराउन आग्रह

शनिबार, १२ असोज २०८१
प्रवक्ता लक्ष्मीप्रसाद भट्टराई

काठमाडौँ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले शिक्षा क्षेत्रमा परेको समस्याको जानकारी सिधै मन्त्रालयका प्रवक्तालाई गराउन आग्रह गरेको छ । 

मन्त्रालयले शनिवार साँझ विज्ञप्ति जारी गरेर विपद्बाट शैक्षिक क्षेत्रमा परेको समस्या मन्त्रालयमा जानकारी गराउन आग्रह गरेको हो । ‘विपद् बाट  सिर्जित कुनै पनि प्रकारका समस्याका बारेमा मन्त्रालयको प्रवक्ता र सूचना अधिकारीलाई 

जानकारी गराइदिनु हुन सम्बद्ध सबैमा अनुरोध छ,’विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले सहसचिव एवम् प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईलाई ९८५११६९५६० र सूचना अधिकारी नारायणप्रसाद पोखरेललाई ९८५१०१३९०८ मा शिक्षा क्षेत्रमा विपतले पारेको समस्या जानकारी गराउन आग्रह गरेको हो ।

मन्त्रालयले  विभागीय कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गर्न निर्देशन दिएको छ । त्यस्तै विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न र भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन अनुरोध पनि गरिएको छ । 

 

प्रतिक्रिया