Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

विश्वविद्यालय र परिषद्को परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको अनुरोध

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको हुँदा सो बमोजिम गर्नुहुन अनुरोध छ ।’

शनिबार, १२ असोज २०८१

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाललाई विश्वविद्यालय परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन अनुरोध गरेको छ ।

विश्वविद्यालयले लिने परीक्षा रोक्न मन्त्रालयले निर्देशन दिन नमिल्ने भएपछि अनुरोध गरेको हो । ‘परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको हुँदा सो बमोजिम गर्नुहुन अनुरोध छ,’मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक र मानवीय क्षतिका विवरण आइरहेकोले देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकोले परीक्षा स्थगित गर्न मन्त्रालयले अनुरोध गरेको हो । 

 

प्रतिक्रिया