Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

विद्यालय तीन दिन बन्द

यो निर्णय अनुसार मंगलबारसम्म विद्यालय बन्द हुनेछ ।

शनिबार, १२ असोज २०८१

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

release बाढी र पहिरोको असर सबै तिर भएकोले तीन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको शिक्षा मन्त्री विद्या भट्टराईले बताइन । 

यो निर्णय अनुसार मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।'

प्रतिक्रिया