Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

सहसचिवको सरुवा, शिक्षक सेवा आयोगमा भट्टराई

सरुवा भएका मध्ये दुई जना मन्त्रालय भित्रिएका छन् भने एक जना बाहिरिएका छन् ।

शुक्रबार, ११ असोज २०८१

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ । सरुवा भएका मध्ये दुई जना मन्त्रालय भित्रिएका छन् भने एक जना बाहिरिएका छन् । 

मन्त्रालयका अनुसार शिक्षक सेवा आयोगका सहसचिव  शिवकुमार सापकोटालाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिइएको छ । 

योजनामा रहेका बैकुण्ठ अर्याललाई उच्च शिक्षा महाशाखामा सरुवा गरिएको छ । मन्त्रालयको योजना महाशाखा आर्कषक मानिन्छ । प्रायः मन्त्रीका निकटका सहसचिवलाई योजनाको जिम्मेवादी दिने प्रचलन छ । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अणप्रसाद न्यौपानेलाई मन्त्रालयको प्राविधिक महाशाखामा सरुवा गरिएको छ । न्यौपानेको ठाउँमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका वसन्त कोइरालालाई सरुवा गरिएको छ। 

शिक्षक सेवा आयोगमा मन्त्रालयको प्राविधिक महाशाखाका रहेका श्रीप्रसाद भट्टराई, शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) का महानिर्देशक चन्दकान्त भुसाललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, जयराम अधिकारीलाई इआरओमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको प्रवक्ताको जिम्मेवारी विद्यालय शिक्षा महाशाखाका लक्ष्मीप्रसाद भट्टराईलाई दिईएको छ । 

प्रतिक्रिया