Edukhabar
सोमबार, ०७ असोज २०८१
गतिविधि

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार विद्यार्थी उतीर्ण

परीक्षा लिएको एक महिना सात दिनमा एक देखि सात विषयमा एनजी आएका दुई लाख १० हजार तीन सय २१ विद्यार्थीको नतिजा निकालेको हो ।

सोमबार, ०७ असोज २०८१

काठमाडौँ- एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैतमा लिएको नियमित परीक्षामा एनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उतीर्ण भएका हुन । दुई लाख १० हजार तीन २१ जनाले परीक्षा दिएकोमा एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले एनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् ।

कार्यालयले आठ जनाको उत्तरपुस्तिका रद्द गरेको छ । पौडेलका अनुसार ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना छन् । जिपिए १.६ देखि २.० ल्याउने ६४ जना, जिपिए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जिपिए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन् । जिपिए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन् । त्यस्तै जिपिए ३.१ देखि ३.६ ल्याउने एक हजार ५ सय १८ जना छन् । 

प्रतिक्रिया