Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

प्रधानमन्त्री ओलीले भने ‘आउँदो वर्षको एसईई नतिजा ७० प्रतिशत पुर्‍याउँछौ’

विद्यार्थीको नतिजा कमजोर भएको अंग्रेजी, गणित, विज्ञान लगायत विषय अनलाइनबाट पढाइने

बुधबार, ०२ असोज २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा आउँदो वर्ष अहिलेको भन्दा २२ प्रतिशत बढाएर ७० प्रतिशत पुर्‍याइने बताएका छन् । यसवर्षको नतिजा ४८ प्रतिशत मात्रै छ । 
‘यो हामीलाई सैह्य हुँदैन । ४८ प्रतिशतबाट लाई ७० प्रतिशत पुर्‍याउने लक्ष्य लिएर अगाडि बढेका छौ’ प्रधानमन्त्री ओलीले शिक्षा दिवसको अवसरमा  भने ‘एकै वर्षमा २२ प्रतिशतले वृद्धि गर्छौ । त्यस पछि क्रमशः बढाएर लैजान्छौँ ।’  

शिक्षा, सीप, विज्ञान प्रविधिको क्षेत्रमा पछि परेकोले परिस्थितिलाई बदल्नु पर्ने उनले बताए । सरकारको तर्फबाट अहिलेको पछौटेपनलाई हराउन लागि परेको ओलीले बताए । 

‘शिक्षालाई अगाडि बढाउने सन्दर्भमा सरकारले विशेष पहल गर्नेछ । परिस्थितिमा सकारात्मक परिवर्तन ल्याउने  प्रतिबद्धता जनाउँछु,’ उनले भने । 

विद्यार्थीको नतिजा कमजोर भएको अंग्रेजी, गणित, विज्ञान अनलाइनबाट पढाउने योजना बनाएको उनले बताए । 

उनले भने ‘अनलाइन शिक्षा दिएर पासको प्रतिशत बनाउने नीति लिएका छौँ । व्यवहारिक रूपमा सुरु गरिसकेका छौ । कतिले यसको टिप्पणी गरेका छन् । टिप्पणी गर्नु उनीहरूको बानी हो । यस  परिस्थितिलाई परिवर्तन गर्नै पर्छ । कुरा मात्रै गरेर हुँदैन ।’ 

 

प्रतिक्रिया