Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

जनभावना उत्कृष्ट क्याम्पस

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यो क्याम्पसलाई मन्त्रालयले दुई लाख पचास हजार नगद र प्रमाणपत्र प्रदान

बुधबार, ०२ असोज २०८१

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक क्याम्पस तर्फ उत्कृष्टमा ललितपुर चापागाउँको जनभावना क्याम्पसलाई प्रदान गरेको छ । 

विश्वविद्यालय अनुदान आयोगको मुल्याङकनको आधारमा क्याम्पस उत्कृष्टमा परेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यो क्याम्पसलाई मन्त्रालयले दुई लाख पचास हजार नगद र प्रमाणपत्र प्रदान गरेको हो । त्यस्तै कास्कीको स्कुल अफ बिजनेस लेखनाथलाई उत्कृष्ट क्याम्पसको पुरस्कार प्रदान गरेको छ । यो क्याम्पस पोखरा विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस हो । 

त्यस्तै काठमाडौँको सोल्टीमोडमा रहेको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पनि उत्कृष्टमा छनोट भएको हो । यो कलेज त्रिविबाट सम्बन्धन आंगिक क्याम्पस हो । 

 

 

 

प्रतिक्रिया