Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

एकै जिल्लाका दुई सामुदायिक विद्यालय मुलुककै उत्कृष्ट

शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यालयलाई नगद, शिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गर्न लागेको छ ।

बुधबार, ०२ असोज २०८१

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट विद्यालयको पुरस्कार दाङको मावि सेन्टर तुलसीपुर र काठमाडौँको फ्लोरोसेण्ट सेकेण्डरी स्कुललाई दिने निर्णय गरेको छ । 

सामुदायिक विद्यालय तर्फ उत्कृष्टमा छनोट गरेको मावि सेन्टरको बारेमा पढ्नुहोस्-

शिक्षकले पत्याएको मावि सेन्टर

निजी विद्यालय तर्फ उत्कृष्ट फ्लोरोसेण्ट विद्यालय कसरी उत्कृष्ट भयो पढ्नुहोस्-
गुमनाम तर, उत्कृष्ट

शिक्षा दिवसको अवसरमा बुधवार उत्कृष्ट विद्यालयलाई सिल्ड, नगर पुरस्कार, ध्वजा र प्रमाणपत्र दिन लागेको छ । सामुदायिक विद्यालय तर्फ पहिलोमा मावि सेन्टर र तेस्रोमा दाङकै जनकल्याण माध्यमिक विद्यालय रहेका छन् । 

कक्षा १२ को नतिजाको आधारमा यी दुई विद्यालय उत्कृष्ट ठहरिएको मन्त्रालय स्रोतले जनाएको छ । सामुदायिक तर्फबाट मावि सेन्टरलाई र संस्थागतबाट फलोरोसेन्टलाई पुरस्कार दिन लागेको हो ।  मन्त्रालयको योजना महाशाखा प्रमुख संयोजक रहेको समितिले गरेको उत्कृष्ट विद्यालयको सिफारिसलाई शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार स्वीकृत गरेकी  हुन्  । 

त्यस्तै दोस्रो पुरस्कार सामुदायिक तर्फ काठमाडौँ त्रिपुरेश्वरको विश्व निकेतन माध्यमिक विद्यालयलाई प्रदान गर्ने भएको छ । तेस्रोमा दाङकै सिमसुन्दरपुरको जनकल्याण माध्यमिक विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । 

संस्थागत तर्फ दोस्रोमा काठमाडौँको बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र तेस्रोमा काठमाडौँको बुढानिलकण्ठ माध्यमिक विद्यालयलाई पुरस्कार दिने भएको छ ।  कक्षा १० को नतिजाको आधारमा प्रदेशले पुरस्कृत गर्ने र १२ को नतिजाको आधारमा मन्त्रालयले उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत गर्न लागेको हो ।

पहिलो हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख र तेस्रोलाई एक लाख रुपैयाँ नगर पुरस्कार प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।  गत वर्ष सिन्धुलीको मैनी, दुधौली–११ को कमला माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको थियो ।  गत वर्ष सिन्धुलीकै ढुंग्रेवास कमलामाई–४ स्थित कमला माध्यमिक विद्यालय दोस्रो भएको थियो । सल्यानको रुमाल गाउँ कुमाख–२ स्थित नारायण मावि तेस्रो भएको थियो । निजी विद्यालय तर्फ ललितपुरको प्रसादी एकेडेमी पहिलो भएको थियो ।

प्रतिक्रिया