Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

निरक्षरलाई साक्षर बनाउने विद्यार्थी र शिक्षकलाई प्रोत्साहन दिन चार लाख अनुदान

१५३ पालिका साक्षर घोषणा गर्न बाँकी

शुक्रबार, २१ भदौ २०८१

भक्तपुर–सरकारले ०७७ मा साक्षर नेपाल घोषणा गर्ने भने पनि अझै दुई वटा प्रदेशको एक सय ५३ पालिका  साक्षर घोषणा हुन बाँकी रहेको छ । 

नीति तथा कार्यक्रम २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७/७८ मा साक्षर नेपाल घोषणा गर्ने बताएकी थिइन । ०६५/०६६ देखि मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भन्दै सरकारले साक्षर नेपाल अभियान चलाएको थियो । ०७१ देखि साक्षर जिल्ला घोषणा सुरुवात भएको थियो । 

cherd

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका अनुसार अब मधेस र कर्णाली प्रदेश साक्षर घोषणा हुन बाँकी छ । केन्द्रका निर्देशक निलकण्ठ ढकालका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा साक्षर जिल्ला घोषणा हुन नसकेको हो । 

कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा साक्षर जिल्ला घोषणा गर्न बाकी रहेको ढकालले बताए ।   हुम्ला तत्काल साक्षर घोषणा गर्ने चरणमा रहेको उनले बताए ।  मधेस प्रदेशको एक सय ३० र कणालीको २३ स्थानीय तह साक्षर हुन बाँकी छ । साक्षर हुन बाँकी पालिकालाई संघले यस वर्ष अनुदान पठाइसकेको छ । केन्द्रका अनुसार नगरपालिकामा चार लाख र गाउँपालिकालाई तीन लाख रुपैयाँ अनुदान पठाएको हो । यो अनुदान निरक्षरलाई साक्षर गराउने ९ र १० कक्षाका विद्यार्थी, शिक्षकका लागि सहयोग प्रदान गर्न सकिने ढकालले बताए । 

२०६५ र २०६९ सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन  गरेर २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । ६४ वटा जिल्ला र ३ वटा प्रदेश साक्षर घोषणा भएको उनले बर्ताए । १५–६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८५ प्रतिशत पुगेको सरकारको तथ्याङक  छ । साक्षरताका १२ वटा सूचकहरूको आधारमा कुनै व्यक्ति साक्षर हो कि होइन भन्ने पहिचान गर्ने गरेको केन्द्रले जनाएको छ ।  राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख् र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न ५० देखि ९ सम्मका अङ्क अक्षर लेख्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने रहेका छन्। 

त्यस्तै लेनदेनका हरहिसाब राख्न सक्ने, सरल चित्र पोस्टर साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरी तिथि मिति बताउन सक्ने, बैङ्क भौचर भर्न र चेकको प्रयोग गर्न सक्ने भएपछि त्यो व्यक्ति साक्षर मानिने केन्द्रको सूचक छन्।

cherd 1

अन्तराष्ट्रिय साक्षरता दिवस आइतबार मनाउदैछ  । केन्द्रले साक्षरता दिवसको अवसरमा सानोठिमी स्थित केन्द्र परिसरमा शुक्रबार फलफूलको  बिरुवा रोपेको छ । 

प्रतिक्रिया