Edukhabar
आइतबार, ३० भदौ २०८१
गतिविधि

शिक्षा दिवसका लागि आदर्श वाक्य तय

मन्त्रीस्तरीय बैठकबाट आदर्श वाक्य टुङ्गिएको हो ।

बुधबार, १२ भदौ २०८१

काठमाडौं - यस वर्षको शिक्षा दिवसका लागि शिक्षाको आदर्श वाक्य तय गरिएको छ । ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता भन्ने वाक्यलाई शिक्षा दिवसको आदर्श वाक्य तय गरिएको हो । 

मन्त्रीस्तरीय बैठकबाट उक्त आदर्श वाक्य टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत बर्ष देखि शिक्षा दिवसका रुपमा मनाउन शुरु गरिएको छ । दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरु सार्वजनिक गरेका थियो । 

पढ्नुहोस् : शिक्षाको आदर्श वाक्य खोजीमा शिक्षा मन्त्रालय

सोही शब्दहरुका आधारमा मन्त्रालयले आदर्श वाक्य तय गरेको जनाईएको छ । 
 

प्रतिक्रिया