Edukhabar
आइतबार, ३० भदौ २०८१
विदेशमा शिक्षा

५९८ कन्सल्टेन्सीको खोजीमा शिक्षा मन्त्रालय

विहीबार, ०६ भदौ २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नविकरण प्रक्रियामा सहभागि नभएका ५ सय ९८ वटा कन्सल्टेन्सीको खोजी प्रक्रिया सुरु गरेको छ । मन्त्रालयबाट ०७५ साउन १४ गते अगावै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, अनुसार शैक्षिक परामर्श, पूर्व तयारी कक्षा, भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको एक हजार चार सय ७३ संस्था मध्ये आठ सय ७५ मात्रै सम्पर्क आएपछि मन्त्रालयले अरु संस्थाको खोजी थालेको हो । 

सुमना श्रेष्ठ शिक्षा मन्त्री हुँदा नै असार १६ गते सूचना निकालेर मन्त्रालयले यस अघि दर्ता भएका संस्थालाई नविकरणको लागि आव्हान गरेको थियो । सूचना अनुसार आठ सय ७५ मात्रै सम्पर्कमा आएको र पाँच सय ९८ सम्पर्क बाहिर भएकोले पुनः सूचना निकालेर खोजी थालेको हो । मन्त्रालयले बिहीबार सूचना जारी गरेर यस अघि नविकरण प्रक्रियामा छुटेका संस्थालाई पुनः दोस्रो पटक सूचना जारी गरेर भदौ २७ गते भित्र निवेदन र कागजात सहित सानोठिमी स्थित शाखामा सम्पर्कमा आउन आग्रह गरिएको छ । 

शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न पूर्व अनुमति प्राप्त गरी नवीकरणका लागि निवेदन दिन छुट भएका संस्थाहरुलाई नवीकरण गराउने निर्णय भएको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जनाएको छ । 

प्रतिक्रिया