Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बिहान विद्यालय खोलेको भन्दै मोर्चासंग शिक्षकको गुनासो 

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मङ्सिर । आन्दोलनरत मधेसी मोर्चाको निर्णयअनुुसार तराईका आठ जिल्लामा बिहानको समयमा विद्यालय सञ्चालन गर्दा पठनपाठनमा कठिनाइ भइरहेको शिक्षक र विद्यार्थीले गुनासो गरेका छन् । 

एक्कासि चिसो बढेसँसै बिहानको समयमा विद्यालयमा विद्यार्थीको उपस्थिति न्यूून हुन थालेपछि कक्षा सञ्चालनमै समस्या आएको हो । ठूूला कक्षाका विद्यार्थी जेनतेन विद्यालय आउने भए पनि साना कक्षाका विद्यार्थी भने मारमा परेका छन् । 

आन्दोलनरत मधेसी मोर्चाले तराईका जिल्लामा बिहान मात्र विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेपनि जाडो बढेका कारण विद्यार्थीलाई विद्यालय आउन र पढ्न समस्या भएको जनता माध्यमिक विद्यालय कविलासीका प्रधानाध्यापक सोनफी यादवले जानकारी दिए । 

शिक्षक यादवका अनुुसार चिसोका कारण कक्षा ५ सम्मका विद्यार्थी मारमा परेका छन् । उहाँले भन्नुुभयो, “चिसोकै कारण कक्षा ५ सम्म मात्र ६० प्रतिशत विद्यार्थीको उपस्थिति भइरहेको छ । बढी मारमा दलित र विपन्न वर्गका विद्यार्थी परेका छन् ।” 

बाक्लो हुुस्सुु र चिसोले विद्यालय आउन र पठनपाठन गर्न समस्या भएको विद्यार्थीको पनि भनाइ छ । औरहीस्थित सुुन्दर जनता माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत अशोक दासले आफूू विद्यालय आए पनि कक्षा ३ मा पढ्ने भाइ चिसोका कारण विद्यालय नआएको गुुनासो गरे ।  

मधेसी मोर्चाको निर्णयानुुसार तराईमा बिहान ६ बजेदेखि विद्यालय सञ्चालन भइरहेको छ । तर शिक्षक र अभिभावक बिहानको समयमा विद्यालय सञ्चालन हुुँदा पठनपाठन प्रभावित भइरहेको समस्या बुुझेर दिउँसोको समयमा विद्यालय सञ्चालन गर्न दिन माग गरेका छन् । 

(रासस) 

प्रतिक्रिया