Edukhabar
बुधबार, ०२ माघ २०८१
गतिविधि

एनजी आएका तीन हजार विद्यार्थीले पनि प्रवेश परीक्षा दिन पाउने

उच्च अदालत पाटनले आयोगलाई पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई प्रवेश परीक्षाबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरे पछि आयोग आफ्नो निर्णयबाट पछि हटेको हो ।

शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ-चिकित्सा शिक्षा आयोगले १२ कक्षाको नतिजामा एनजी आएर पुनर्योगको लागि राष्ट्रिय परीक्षा बोर्डमा निवेदन दिएका विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी गराउने भएको छ । 

उच्च अदालत पाटनले आयोगलाई पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई प्रवेश परीक्षाबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरे पछि आयोग आफ्नो निर्णयबाट पछि हटेको हो । 

यो निर्णय सँगै एनजी आएका तीन हजार विद्यार्थीले पनि आयोगले लिने प्रवेश परीक्षामा सहभागी हुन पाउने छन् । आयोगले एनजी आएका विद्यार्थीलाई परीक्षा फारम भर्दा लिएको चार हजार रुपैयाँ फिर्ता गरेर परीक्षामा सहभागी नगराउने निर्णय गरेको थियो । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन अनलाइन आवेदन भरेका इच्छुक आवेदकहरू सबैले परीक्षा दिन पाउने आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताए । 

प्रवेश परीक्षा शनिवारदेखि भदौ ५ सम्म चल्नेछ । परीक्षामा पुनर्योगका लागि राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिएका सबैलाई सहभागी गराए पनि आयोगले नतिजा प्रकाशन गर्नु अघि विद्यार्थीले आफू १२ कक्षामा ग्रेडेड भएको प्रमाण पेश गर्नु पर्ने हुन्छ । 

प्रतिक्रिया