Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

‘गणेश काज’को सट्टा अतिरिक्त भत्ता र खाजा खर्च

दैनिक एक हजार भन्दा बढी सेवाग्राहीको काम गर्नु पर्ने शाखाका कर्मचारी बिहान सात देखि बेलुका ६ बजेसम्म खटिने गरेका छन् ।

विहीबार, ३१ साउन २०८१

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमति दिने शाखामा कर्मचारीलाई गणेश काजको सट्टा अब अतिरिक्त भत्ता र खाजा दिने भएको छ । 

दैनिक एक हजार भन्दा बढी सेवाग्राहीको काम गर्नु पर्ने शाखाका कर्मचारीहरूलाई यसअघि अतिरिक्त भत्ता नहुँदा मन्त्रालयले ‘गणेश काज’ दिने गरेको थियो । मन्त्रालयको आर्थिक प्रशासनले पछिल्लो दुई महिना यता काजमा पनि कडाइ गरेको थियो । अध्ययन अनुमतिका लागि आउने विद्यार्थीको चाप बढेपछि शाखाका कर्मचारी बिहान सात बजेदेखि बेलुका ६ बजेसम्म काम खटिने गरेका छन् । स्थायी कर्मचारीले भन्दा पनि शाखाको प्राविधिक काम करारको कर्मचारीले धानिरहेका छन् । शाखामा अतिरिक्त आम्दानी नहुने भएपछि कर्मचारी सरुवा भएर जान समेत मान्दैनन् । विद्यार्थीको चाप बढेपछि मन्त्रालयले अन्य शाखाका कर्मचारीलाई खटाउने गरेको छ । 

मन्त्रालयले शाखाका कर्मचारीलाई खुसी पार्न महिनामा एक पटक जिल्लामा अनुगमन गर्ने नाममा गणेश काज दिँदै आएको थियो । यसरी अनुगमनको लागि काज स्वीकृत भए पनि कर्मचारीहरू भने फिल्डमा नगई अनुगमन भत्ता लिने गरेका थिए ।

यसरी गणेश काज दिएर कर्मचारीलाई खुसी पार्ने भन्दा पनि सेवालाई चुस्त बनाउन कार्यालय समय बाहेक बिहान बेलुका पनि काम गर्ने  एनओसी शाखाका कर्मचारीलाई खाजा र अतिरिक्त भत्ता दिन बजेटको व्यवस्था गरेको हो । मन्त्रालयले शाखाका कर्मचारीलाई खाजा खर्च १८ लाख र प्रोत्साहन भत्ताको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

Screenshot 2024-08-15 at 10.20.08Screenshot 2024-08-15 at 10.21.11

हाजिरको आधारमा खाजा खर्च दिने प्रावधान राखेको छ । त्यस्तै यही शाखामा काम गर्ने कर्मचारीलाई सार्वजनिक बिदाको दिन र अन्य दिनमा कार्यालय समय बाहेकको समयमा काम गर्ने कर्मचारीलाई अतिरिक्त सुविधा दिने व्यवस्था ल्याएको छ । सार्वजनिक बिदाको दिनमा समेत सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्न लागेको मन्त्रालयले जनाएको छ । ‘सार्वजनिक बिदाका दिनमा समेत सेवाग्राहीले् नियमित सेवा दिनको लागि कर्मचारीलाई अतिरिक्त सुविधा दिन लागेको हो,’मन्त्रालयका कर्मचारीले भने । हाजिरी र कार्य प्रगतिको आधारमा प्रोत्साहन भत्ता दिने मन्त्रालयको योजना छ । 

 

यो पनि 

मन्त्रीको खर्च लुकाएर ‘गणेश काज’ विवरण मात्रै सार्वजनिक गर्न शिक्षा मन्त्रालय तयार 


 

प्रतिक्रिया