काठमाडौं-चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा यसअघि तोकिएकै दिन हुने जनाएको छ ।
परीक्षा सरेको नकारात्मक सन्देश भएको भन्दै आयोगले परीक्षा शनिबारदेखि नै हुने आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि भदौ १ देखि ५ सम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा सार्ने निर्णय भएको सामाजिक सञ्जालमा आएको सूचना गलत भएको उनले बताए ।
‘तथ्यहीन, कपोकल्पित तथा भ्रामक सूचनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगको कर्मचारीहरूको हस्ताक्षर दुरुपयोग गरी स्नातक तहको परीक्षा सारेको सूचना आएको छ । तथ्यहीन सूचना सम्प्रेषित गर्ने व्यक्तिलाई कानून आग्रह गरिसकेको आयोगले जनाएको छ ।
प्रतिक्रिया