Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षा : किताब पढ्नु ब्यर्थ, गरेर सिक्नु पर्छ

विहीबार, २४ मंसिर २०७२
Madan Rai

"शिक्षा"

हिजो,
१ करोड नेपालीले झन्डै १० बर्ष स्कूल कलेजमा किताब पढेका होलान् ।
१० हजार जतिलेमात्र पढेका कुरा बुझेका होलान् ।
तिनमा ९९ प्रतिसत बिदेशतिर होलान ।

आज,
८० लाख जति नेपालीहरु दैनिक किताब पढेर स्कूल कलेजमा दिन गुर्जाछन होला ।
८ हजार जतिलेमात्र पढेको कुरा बुझ्छौं होला ।
तिनमा पनि ९९ प्रतिसत बिदेश जाला ।

किताब पढेर शिक्षा लिन ब्यर्थ लाग्छ मलाई ।

मैले पनि १७ बर्ष किताब पढेर ब्यर्थ समय गुजारेछु ।
पढेको किताबको एक लहर पनि याद छैन ।

काकतालीले जागीर खान पाइयो ।
जानेर होइन जानेको प्रमाणले जागीर पाएको हो ।
आज पछुतो छ तर बुढो भैयो ।

अबको पुस्ताले गरेर सिक्न पाउनु पर्छ ।

प्रतिक्रिया