Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

यी हुन् कक्षा १२ मा नतिजा रद्द भएका १२२ विद्यार्थी

सम्पूर्ण विषय रद्द गरिनुका साथै थप एक बर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने विद्यार्थीको संख्या चार, बाँकी एक सय १८ विद्यार्थीको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द ।

शुक्रबार, १८ साउन २०८१

भक्तपुर - शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ । यी मध्ये एक सय १८ विद्यार्थीको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । 

बाँकी चार विद्यार्थीको चालु खण्डका सम्पूर्ण विषय रद्द गरिनुका साथै थप एक बर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा उनीहरु सहभागी हुन पाउने छैनन् ।   

(माथिको फोटोमा हेर्नुहोस् उनीहरुको सिम्बोल नम्बर)

परीक्षाको मर्यादा कायम नगरेका विद्यार्थीको परीक्षा रद्द हुन्छ । खास गरी परीक्षा हलमा चिट चोर्ने, निरीक्षक र परीक्षामा संलग्न व्यक्तिहरुलाई अभद्र व्यवहार गर्ने जस्ता कृयाकलाप गर्ने विद्यार्थीको परीक्षा रद्द हुन्छ ।

शुक्रबार विहान सार्वजनिक कक्षा १२ को नतिजामा ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ । 

नतिजा अनुसार सबै विषयमा अनुपस्थित परीक्षार्थी संख्या पाँच हजार छ सय ३२ छ भने एक सय दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । 

यस्तै कक्षा १२ को नतिजामा माथिल्लो जीपीए प्राप्त विद्यार्थीको संख्या नौ हजार पाँच सय ९१ रहेको छ । 

नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ ।

प्रतिक्रिया