Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

अब १२ पढेपछि मात्रै नर्सिङ, जुनसुकै विषय पढेकाले पनि पढ्न पाउने

बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपालमा मात्रै १० कक्षा पढेकाले नर्सिङ पढ्न पाउने व्यवस्था रहेको उल्लेख

विहीबार, १७ साउन २०८१

काठमाडौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अञ्जनीकुमार झाले ११ र १२ मा जुनसुकै विषय पढेकालाई नर्सिङ पढ्ने व्यवस्था ल्याउन लागेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले नेपालमा मात्रै १० कक्षा पढेकाले नर्सिङ पढ्न पाउने व्यवस्था रहेको बताए । निजी शिक्षण संस्थाले  सम्बन्धन नपाएको कारणले भारतमा पीसीएल पढ्न गएको भन्दै संसदीय समितिमा जानकारी गराए पछि उपाध्यक्ष झाले भारतमा  १२ कक्षा पढेकालाई नर्सिङ पढ्न पाउने व्यवस्था रहेको बताए । 

‘पीसीएल नर्सिङ गर्न पनि प्लस टु पढेको हुनु पर्ने विषयमा अध्ययन गर्न एउटा कमिटी गठन गरेका थियौँ’आयोगका उपाध्यक्ष झाले भने,‘कमिटीले दिएको प्रतिवेदनको आधारमा नर्सिङ अध्ययन गर्न चाहिने योग्यताको नयाँ कार्यविधि बन्दैछ ।’ 

उक्त कार्यविधि पारित गरेर पाठ्यक्रम सहित केही दिनमा सीटीइभीटीमा समेत पठाइने उनले बताए । नर्सिङ अध्ययनलाई व्यापारिक दृष्टिकोणबाट मात्रै हेर्न नमिल्ने उनले बताए । 

‘संविधानको मौलिक हकमा नै शिक्षा र स्वास्थ्यलाई राखेकोले यसलाई अनुशासित र मर्यादित बनाउनु पर्छ ।’ उनले भने ।

समितिको बैठकको अर्को खबर पनि पढ्नुहोस् : संसदीय समितिको निर्णय : मापदण्ड पुरा नभएका कलेजलाई सम्बन्धन नदिनु

 

प्रतिक्रिया