Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

त्रिविको विज्ञापनविरुद्ध आज बहस हुदैँ 

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मंसिर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले माग गरेको उपप्रध्यापकको विज्ञापनविरुद्ध परेको रिटविरुद्ध विहीबार आजका लागी पेशी तोकिएको छ।  यसअघि तोकिएका तीनओटा पेशी स्थगित भएका थिए । गत भदौ २४ गते त्रिविले उपप्रध्यापकको विज्ञापन गरेको थियो । 

त्रिविको नियमावली र नेपालको संविधानविपरित विज्ञापन भएको भन्दै त्रिवि उपकुलपतिको कार्यालय र त्रिवि सेवा आयोगविरुद्ध सर्वोच्च अदालतमा ३ असोजमा रिट परेको थियो । 

सर्वोच्चले १६ कात्तिकमा त्रिवि सेवा आयोगलाई विज्ञापन प्रकाशन गर्नुपर्ने कारण देखाउँ आदेश जारी गरेको थियो । त्यसपछि ३, १० र १७ मंसिरमा पेशी चढाएको भएपनि समय अभावको कारण देखाउँद्यै बहस स्थगित भएको थियो । 

(आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया