Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

नेपाल विश्वविद्यालय विधेयकमा समितिमै थन्कियो, शहीद दशरथ प्रतिनिधिसभामा

०८० असार १८ मा राष्ट्रिय सभाबाट पारित भएको नेपाल विश्वविद्यालय विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले नटुङ्ग्याए पछि अधुरै रहेको हो ।

आइतबार, १३ साउन २०८१

काठमाडौँ - राष्ट्रिय सभाबाट पारित भइसकेको नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको समितिमा थन्किएको छ । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विधेयक उपसमितिले नटुङ्ग्याए पछि अधुरै रहेको हो । 

त्यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभा सैद्धान्तिक छलफल हुदैछ । धनगढीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने गरी सरकारले विधेयक अघि बढाएको थियो । राष्ट्रिय सभाबाट पारित भएपछि प्रतिनिधिसभामा पारितको लागि सरकारले अघि बढाएको हो ।

०८० असार १८ मा राष्ट्रिय सभाबाट पारित भएको नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा छ । दफावार छलफलको क्रममा रहेको विधेयकको विवादित पक्ष टुङ्ग्याउन उपसमिति गठन गरिएको छ । माओवादी सांसद देवेन्द्र पौडेल संयोजक रहेको उपसमिति गठन गरेको छ ।

उपसमितिमा विद्या भट्टराई र बद्री पाण्डे रहेको दुवै जना मन्त्री भएपछि विधेयक अलपत्र परेको हो । समितिका उपसचिव पुष्प  खनालले भट्टराई र पाण्डे मन्त्री भए पछि डिगबहादुर लिम्बु र दीपा शर्मा उपसमितिमा चयन भएको बताए । तिलगंगा नेत्र विश्वविद्यालय राष्ट्रिय सभामा रहेको छ । 

*शिर्षकमा सम्पादन गरिएको - सं. 

प्रतिक्रिया