Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

शिक्षाको 'घुस काण्ड' : घुस दिने सांसदलाई कारवाहीको माग गर्दै उजुरी

आफ्नो काम गराउन घुस दिनु पदीय मर्यादा प्रतिकुल भएको दावी

बुधबार, ०९ साउन २०८१

काठमाडौं - सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको अभिव्यक्ति दिएका सांसद विरेन्द्र महतो माथि कारवाहीको माग गर्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । रहबर अन्सारीको नाममा दर्ता भएको उक्त उजुरीमा आफ्नो काम गराउन घुस दिनु पदीय मर्यादा प्रतिकुल भएको दावी गरिएको छ । 

'घुस रिसवत दिने कार्यलाई रोक्नु पर्नेमा उल्टै त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाइ कानून बमोजिम कारवाही गरियोस्' आफ्नो परिचयमा नेपाली नागरिक उल्लेख गर्दै अन्सारीले दिएको उजुरीमा भनिएको छ । 

सरकारलाई समर्थन दिएको दलका सांसदले नै भ्रष्टाचारलाई प्रोत्साहन गरिएको उल्लेख गर्दै उजुरीमा सरकारले नै भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्ने संल्कप समरण गराईएको छ । 

जनता समाजवादी पार्टीका सांसद विरेन्द्र महतोले छोराको कक्षा १० र १२ को समकक्षता लिन पाँच हजार रुपैंया घुस दिएको गत आइतबार संसदको रोष्टमबाटै बोलेका थिए । उक्त अभिव्यक्ति पछि शिक्षा मन्त्रालयले सह सचिवको नेतृत्वमा तीन सदसीय छानबिन समिति बनाईसकेको छ । यही बिचमा उक्त काण्डको छानबिन गर्न गृह मन्त्रीले प्रहरी प्रमुखलाई समेत निर्देशन दिएका छन् । 

यी सामग्री पनि पढ्नहोस् : ४९ मिनेटको बिचमा भएको थियो सांसद र शिक्षाका कर्मचारी बिच ‘घुसको चलखेल’

सांसदले 'घुस दिएको' शाखाका कर्मचारी हटाइयो !

प्रतिक्रिया