Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

सांसदले 'घुस दिएको' शाखाका कर्मचारी हटाइयो !

यस विषयमा शिक्षा मन्त्रीले मन्त्रालयका कर्मचारीसंग सोमबार छलफल गरेकी छन् । छलफलबाट सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाउने निर्णय भएको मन्त्री निकट श्रोतले जनाएको छ ।

सोमबार, ०७ साउन २०८१

भक्तपुर - सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोप पछि केन्द्रले समकक्षता शाखाका एक कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।  आइतबारको संसद बैठकमा पूर्व मन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद बिरेन्द्र महतोले छोराको समकक्षता लिदाँ पाँच हजार रुपैंया घुस दिएर काम गर्नु परेको आरोप लगाएका थिए । 

उनले आरोप लगाएको भोलिपल्टै केन्द्रले समकक्षता शाखाका एक कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सरुवा भई २०७९ असोज ९ देखि शाखामा कार्यरत ती कर्मचारीको काम विवादमा परेपछि अर्को शाखा अधिकृत खटाइएको केन्द्रले जनाएको छ । 

लिंकन स्कुलबाट विद्यालय तह पुरा गरेका महतोका छोराको सर्टिफिकेट नेपालको राष्ट्रिय परीक्षा बोर्डबाट अध्ययन गरे सरह भएको समक्षता गराउन महतो केन्द्रमा गएका थिए । आईतबार संसदको रोष्टमबाटै महतोले हिजो घुस खुवाएको भने पनि उनको छोराको काम बिहीबार भएको केन्द्र श्रोतले जनाएको छ । 

यसै बिच शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले यस विषयमा मन्त्रालयका कर्मचारीसंग सोमबार छलफल गरेकी छन् । छलफलबाट सहसचिवको नेतृत्वमा तीन सदसीय छानविन समिति बनाउने निर्णय भएको मन्त्री निकट श्रोतले जनाएको छ । 

 

 

 

प्रतिक्रिया