Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बंगलादेशबाट एमबिबिएसका विद्यार्थी रित्तो हात फर्किए   

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मंसिर । बंगलादेशको मेडिकल कलेजले सम्झौता अनुसार विद्यार्थी भर्ना गर्न नमानेपछि एमबिबिएस अध्ययन गर्न पैसा तिरेर क्याम्पससमेत पुगेका विद्यार्थी रित्तो हात लिएर फर्किनुपरेको छ।  कलेजले सम्झौताअनुसार भर्ना नगरिदिएपछि विद्यार्थीहरु न्यायका लागी दुई बर्षदेखि विभिन्न निकायमा भौतारिरहेका छन् । 

ढाका विश्वविद्यालयको सम्बन्धमा सञ्चालित इनाम मेडिकल कलेजको बदमासीका कारण विद्यार्थीहरु समस्यामा परेका हुन् ।   उक्त कलेजले एमबिबिएस अध्ययनमा लाग्ने कुल खर्चको पहिलो किस्तास्वरुप २० हजार अमेरिकी डलर लिएर विद्यार्थीलाई पढ्न बोलाएपनि विद्यार्थी कलेज पुगेपछि नेपाल फिर्ता पठाई दिएको हो । 

कलेजले बिनाकारण घर फिर्ता पठाईदिएपछि विद्यार्थीहरु तनाबमा परेका छन् । सो घटनापछि ती विद्यार्थीलाई अध्ययन गर्न पठाउने परामर्श दातृ संस्थाको समेत कमजोरी देखिएको छ।  इनाम कलेजले सन् २०१४ का लागी बागबजारस्थित ग्लोबल एजुकेसन कन्सल्टेन्सीलाई स्थानीय एजेन्ट तोकेर विद्यार्थी पठाउन स्वीकृति दिएको थियो । 

(आजको अन्नपूर्णपोष्ट दैनिकमा सुर्यप्रसाद पाण्डेले समाचार लेखेका छन्।)

प्रतिक्रिया