Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
खबर/फिचर

शिक्षा विधेयक माथि छलफल शुरु, सभापति भन्छन् : 'टुङ्गोमा नपुर्‍याएसम्म मन्त्री पद आए पनि इन्कार गर्छु'

संशोधन हालेका मध्ये १८ जना संशोधनकर्तासंग समितिले छलफल गरिसकेको छ । बुधबारको बैठकमा समितिले बाँकी मध्येका संशोधनकर्ता सांसदलाई बोलाएको छ ।

बुधबार, ०२ साउन २०८१

काठमाडौं - विगत पाँच महिना देखि रोकिएको विद्यालय शिक्षा विधेयक माथिको छलफल शुरु भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबारबाट शुरु छलफलमा समिति सभापति अम्मरबहादुर थापाले समितिको एक मात्रै उद्देश्य शिक्षा विधेयक टुङ्गोमा पुर्‍याउने रहेको बताए । 

यस बिचमा आफूलाई मन्त्री पदको प्रस्ताव आए पनि इन्कार गर्ने उनले बताए । यस अघि समितिका सभापति रहेका भानुभक्त जोशी मन्त्री भए पछि थापा समितिका सभापति भएका थिए । 

‘किस्तीमा मन्त्री पद आए पनि खान्न’ बुधबार बैठक शुरु गर्दै थापाले भने ‘पद भन्दा पनि मलाई विधेयक महत्वपूर्ण लागेको छ ।’ 

विद्यालय शिक्षा विधेयकको छलफलको क्रममा थापाकै दल नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले यही अवस्थामा यो विधेयक दुई वर्षमा पनि पुरा गर्न नसक्ने बताए पछि थापाले चाँडो टुङ्ग्याउन समितिले पहल गर्ने बताएका हुन् । ०८० भदौ २७ मा संसदमा दर्ता भएको यो विधेयकमा १ सय ५२ वटा संशोधन रहेको छ । 

प्रतिनिधि सभाले विधेयक माथि दफावार छलफल गरेर टुङ्ग्याउन समितिमा पठाएको थियो । समितिले सरोकारवालासंग एक चरणको छलफल गरिसकेको छ । त्यस्तै संशोधन हालेका मध्ये १८ जना संशोधनकर्तासंग छलफल गरिसकेको छ । बुधबारको बैठकमा समितिले बाँकी मध्येका संशोधन कर्ता सांसदलाई बोलाएको छ । 

यो पनि पढ्नुहोस् : शिक्षकले व्यवसाय गर्न नपाउने प्रस्ताव माथि सांसदको आपत्ति

शिक्षकलाई मासिक खाजा खर्चको प्रस्ताव

प्रतिक्रिया