Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

तीन बर्ष अघि स्थगित परीक्षा मिति तय

आगामी भदौ ५ गतेदेखि परीक्षा गर्ने गरी आयोगले कार्यतालिका तय गरेको छ ।

बुधबार, ०२ साउन २०८१

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापकका लागि तीन बर्ष अघि तय भएर पनि अन्तिम समयमा स्थगित भएको लिखित परीक्षाको मिति तोकिएको छ । आगामी भदौ ५ गतेदेखि परीक्षा गर्ने गरी विश्वविद्यालय सेवा आयोगले कार्यतालिका तय गरेको हो । 

२०७७ फागुन ९ गते र २०७८ असार १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा २०७८ भदौ १५ गते देखि शुरु गर्ने गरी तय गरे पनि थारु क्लष्टरको आरक्षण सीट सुरक्षित हुनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भए पछि अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको थियो । 

अब, पहिलो चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । चिकित्सा शास्त्रका लागि ४० विषयमा ५५ पद माग गरिएको छ । अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका क्रमशः प्रकाशित गरिने आयोगले जनाएको छ । 

उक्त विज्ञापन अनुसार विभिन्न संकाय र अध्ययन संस्थाका लागि पाँच सय ८० पदमा दरखास्त आह्वान गरिएको थियो । जसमा व्यवस्थापन संकाय तर्फ जनप्रशासन र व्यवस्थापन विषयमा गरी ८३,  मानविकी तथा सामाजिक शास्त्र अन्तर्गत २४ विषयका लागि एक सय तीन, अँग्रेजीका लागि २५, नेपालीका लागि आठ, अर्थशास्त्रका लागि १५ र समाजशास्त्रका लागि १२ पदमा विज्ञापन खुलाएको आयोगले जनाएको छ । वन विज्ञानमा तीन, विज्ञान तथा प्रविधिका १५ विषयका लागि एकसय ६८ पद खुला गरिएको छ । शिक्षा शास्त्र तर्फ १६ विषयका ७४ पदमा विज्ञापन गरिएको थियो ।  उक्त विज्ञापन दरबन्दीका आधारमा गरिएको र आयोगले जनाएको छ । 

प्रतिक्रिया