Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

सामुदायिकको प्रभाव बढ्दै, निजी विद्यालय धमाधम बन्द हुदै !

साँघुरो ठाउँमा रहेको सामुदायिक विद्यालयमा पर्याप्त कक्षा कोठा नभए पछि प्रवेश परीक्षा दिएका सबै विद्यार्थी भर्ना गर्न नसकेर फिर्ता ।

मंगलबार, २५ असार २०८१

मोरङ – सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढेसंगै मोरङमा निजी विद्यालय धमाधम बन्द हुन थालेका छन् । 

अघिल्लो वर्षको एसईईको नतिजाको आधारमा आर्थिक सर्वेक्षणमा सामुदायिक विद्यालय तर्फ मुलुककै उत्कृष्ट मोरङको पोखरिया माध्यमिक विद्यालयमा अभिभावकको विश्वास बढ्दै जाँदा यही विद्यालय आसपास रहेका दुई वटा निजी विद्यालय भने बन्द भएका छन् । 

22पोखरियामा तीन वर्ष अघि तीन हजार एक विद्यार्थी भएकोमा अघिल्लो वर्ष ३ हजार २ सय विद्यार्थी पुगे । विद्यालयका प्रधानाध्यपाक खेमप्रसाद भट्टराईका अनुसार यसवर्ष तीन हजार पाँच सय ६५ विद्यार्थी अध्ययनरत छन् । साँघुरो ठाउँमा रहेको विद्यालयमा कक्षा कोठा पर्याप्त नभए पछि प्रवेश परीक्षा दिएका मध्ये एक हजार आठ सय ७४ विद्यार्थी भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको भट्टराईले बताए । कक्षा आठमा  एक सय ६२ कोटाका लागि छ सय ६२ जनाले प्रवेश परीक्षा दिएका थिए । विद्यालयमा भौतिक पूर्वाधार अभावले पढ्न ईच्छा जनाएका सबै विद्यार्थी भर्ना गर्न नसकेको उनले बताए । 

यही विद्यालय नजिकैको निजी विद्यालय भने विद्यार्थी नभएकै कारण बन्द भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई मोरङका अनुसार गतवर्ष ज्ञानोदय विद्या निकेतन सेकेण्डरी स्कुल बन्द भएको थियो । यसपाली मालाविका सेकेण्डरी स्कुल विद्यार्थी नभएकै कारण बन्द भएको छ । कार्यालयका अनुसार मालाविकाको कक्षा १० मा पढ्ने ९ जना विद्यार्थी मोर्डन एरामा ट्रान्सफर भइसकेका छन् । तल्लो तहका अन्य विद्यार्थीको विवरण भने विद्यालयले इकाईमा बुझाएको छैन । 

त्यस्तै लर्डबुद्ध स्कुलमा पनि अभिभावकले विद्यालय बन्द भयो भन्दै विद्यार्थी अन्यत्र सारिदिन निवेदन दिएको कार्यालयले जनाएको छ । 333

‘विद्यालयले आधिकारिक जानकारी गराएको छैन’ कार्यालयका एक कर्मचारीले भने ‘अभिभावकले भने विद्यालय बन्द भइसकेकोले बच्चा सार्न निवेदन नै दिइसकेका छन् ।’ 

१० कक्षामा अध्ययन गर्ने विद्यालयका तीन अभिभावक सम्पर्कमा आए पनि ३२ जना सम्पर्कमा नआएको ती कर्मचारीले बताए । इकाई प्रमुख टंक गौतमले निजी विद्यालय हरेक वर्ष बन्द हुने क्रम बढेको बताए । 

‘विद्यार्थी नभएर हो वा उनीहरुको सञ्चालन व्यवस्थापन प्रभावकारिता नभएर हो ? तर, हरेक वर्ष निजी विद्यालय बन्द हुने क्रम बढेको छ’ उनले भने, ‘विद्यालय बन्द हुनु भनेको अभिभावकको विश्वास गुमाएर हो । केहीमा कमजोर आन्तरिक व्यवस्थापन र प्रतिष्पर्धा गर्न नसकेर पनि बन्द भएका छन् ।’ 

यसरी विद्यालय बन्द गर्ने भन्दा पनि कम्पनीमा रहेका विद्यालय गुठीमा लगेर सञ्चालनको नयाँ मोडल अघि सार्नु पर्ने उनको सुझाव छ । 

111

 

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ ले पनि देशको समग्र शिक्षा प्रणालीलाई एउटै पद्धतीबाट चलाउन सिफारिस गरेको छ । विद्यालय शिक्षामा भएको निजी लगानीलाई १० बर्ष भित्र सेवामुखि बनाउँदै गुठिमा रुपान्तरण गर्न आयोगले सुझाव दिएको छ । सरकारलाई बुझाएको ५ बर्ष ४ महिना पछि शिक्षा मन्त्रालयले गत जेठ २४ गते उक्त प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरेको छ । 

 

प्रतिक्रिया