Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षा कार्यालयमा तोडफोड  

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला शिक्षा कार्यालय धनुषामा बुधबार तोडफोड गरेका छन् । 

कार्यालयका अनुसार बन्दको अवज्ञा गरेर कार्यालय सञ्चालन गरेको भन्दै केही कार्यकर्र्ताले कार्यालयमा प्रवेश गरेर कुर्सी, टेबल, हाजिरी रजिष्टर, दर्ता चलानी र केही महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएर नष्ट गरिदिएका हुन् । 

आगजनी गर्ने समुहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। 

 

(रासस) 

 

प्रतिक्रिया