Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि अन्तर्वार्ताको सबै काम सकियो

बुधबार, २३ मंसिर २०७२

भक्तपुर - बाँकी रहेको पूर्वाञ्चलका ४ विषयको नतिजा प्रकाशन गरेसँगै शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको सबै काम सकेको छ । पूर्वाञ्चलका बाँकी ४ विषय गणित, गणित विज्ञान, विज्ञान र अँग्रेजी विषयको नतिजा सार्वजनिक गरेसँगै निमावि अन्तर्वार्ताको नतिजा प्रकाशन गर्ने काम सकिएको हो ।

बुधबार सार्वजनिक ४ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : http://tsc.gov.np/

गत मंसिर १० गतेबाट शुरु निमाविको नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले छुट्टा छुट्टै दिनमा विभिन्न विषयको नतिजा सार्वजनिक गर्दै आएको थियो ।

नतिजा सार्वजनिक गरिसकेपछि उत्तीर्ण उम्मेद्वारहरुको नाम आयोगले शिक्षा विभागमा सिफारिस गर्ने छ । विभागले आवश्यकता अनुसार पदस्थापन गर्ने छ ।

कात्तिक २० गतेबाट शुरु भएको निम्न माध्यामिक विद्यालय तहका शिक्षक छनौटको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा छुटेका उम्मेद्वारहरुले अन्तर्वार्ता सकिएको मितिबाट १० दिन सम्म निवेदन दिएमा मौका पाउने प्रावधान अनुसार मंसिर २ गते सम्मको अवधिमा कसैको पनि निवेदन नपरेपछि आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको थियो ।

निमाविका लागि लिखितमा उत्तीर्ण पाँचै विकास क्षेत्रका २ हजार ६ सय ५७ जना अन्तर्वार्तामा सहभागि हुन योग्य थिए ।

प्रकाशित मिति २०७२ मंसिर २३ गते

प्रतिक्रिया