Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

सबै भन्दा धेरै एनजी गणितमा, नेपालीमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार

दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् । पुरक परीक्षा साउन १८ र १९ गतेलाई तोकिएको छ ।

विहीबार, १३ असार २०८१

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा एसईईमा सबै भन्दा धेरै विद्यार्थीको गणितमा एनजी आएको छ । गणितमा एनजी आउने विद्यार्थीको संख्या एक लाख ७७ हजार नौ सय ८५ छ । यस्तै सबै भन्दा धेरै एनजी आउने दोश्रो विषय विज्ञान हो । विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ विद्यार्थीको एनजी आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

यसैगरी अँग्रेजीमा एनजी आउने विद्यार्थीको संख्या एक लाख एक हजार तीन सय ८३ रहेको छ ।  सामाजिकमा ७३ हजार आठ सय ७७ विद्यार्थीको एनजी आएको छ । नेपालीमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार पाँच सय ३२ रहेको छ । अर्थशास्त्रमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार चार सय १६ छ । ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ । 

नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी आएको छ । अर्थात् उक्त संख्याका विद्यार्थी नन् ग्रेडेड भएका छन् । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् । पुरक परीक्षा साउन १८ र १९ गतेलाई तोकिएको छ । 

यसपालि सैद्धान्तिक र प्रयोगात्मक छुट्टा छुटटै ३५ प्रतिशत ल्याउनै पर्ने र नल्याएमा एनजी आउने गरी नतिजा सार्वजनिक गरिएको हो । २०७२ देखि १० कक्षाको विद्यार्थीको सिकाइ उपलब्धी ग्रेडिङ प्रणालीबाट हुन थालेको हो । 

कुनै विषयमा २७ नम्बर भन्दा कम आउने बित्तिकै ग्रेडसिटमा समग्र जीपीए एनजी हुनेछ । कम्तीमा दुई विषयमा एनजी आएमा विद्यार्थीले मौका परीक्षा दिन पाउने छन् । 

प्रतिक्रिया