Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षाका 'हाकिम साव' रिझाउने काईदा र सहसचिवको सपथ

बुधबार, २३ मंसिर २०७२

काठमाडौं - कुनै कार्यक्रममा शिक्षा मन्त्री उपस्थित हुँदा उनको स्वागत कसरी गरिन्छ ? पक्कै पनि तपाईको दिमागमा हातमा माला वा खादा बोकेर दोहोरो लाममा उभिएका विद्यार्थी र शिक्षकले पालै पालो मन्त्रीको हातमा पुष्प गुच्छा र काँधमा माला वा खादा पहिराएको दृष्य आयो होला !

मन्त्री मात्रै हैन मन्त्रालयका कर्मचारी, जिल्ला शिक्षा अधिकारी वा शिक्षाका कुनै पनि निकायका हाकिमहरु विद्यालय पुगे भने स्वागत गर्ने काईदा यस्तै हो ।

शिक्षाका 'हाकिम साव'लाई रिझाउन देखिने गरी दिने उपहार बाहेक कतिपय संस्थाले खानपान देखि 'खामबन्दी नजराना'को प्रयोग पनि गर्दै आईरहेकै छन् ।

शिक्षा क्षेत्र सुधारका लागि मन्त्री, सचिव देखी शिक्षा मन्त्रालय प्रणाली भित्रका सबैले यस्ता कुरालाई निरुत्साहित गर्नु पर्ने भन्दै शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डेले सार्वजनिक आह्वान गरेका छन् ।

शिक्षा मन्त्रालय अन्र्तगतको ब्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका निर्देशक रहेका पाण्डेले फेसबुक मार्फत सार्वजनिक गरेको उक्त आव्हानलाई सपथको संज्ञा दिएका छन् ।

https://www.facebook.com/tnpandey?fref=ts

आफूले उक्त सपथ खाएको दावि गर्दै शैक्षिक सुधारका लागि विद्यमान यस्ता मान्यता र कृयाकलाप हटाउन शिक्षा मन्त्री, सचिव र अन्य सरोकारवालाले पनि सपथ खानुपर्ने उनको राय छ ।

शैक्षिक सुधारका लागि शिक्षाकर्मिहरुले (मन्त्री, सचिव देखी स्रोत व्यक्तिसम्मका शिक्षा मन्त्रालय प्रणाली भित्रका) खानुपर्ने शपथका केहि अंशहरु उल्लेख गर्दै पाण्डेद्धारा सार्वजनिक ४ बुँदामा विद्यार्थी, शिक्षकको प्रयोग नगर्न तथा खर्च कटौतिलाई प्राथमिकता दिन भनिएको छ ।

'शिक्षण संस्थाको विषयमा अध्ययन, अवलोकन तथा जानकारी लिन मलाई मैले आवश्यक ठानेका शिक्षक, विद्यार्थी, प्रधानाध्यापक र अभिभावक बाहेक अरुको अनावश्यक भिड र हस्तक्षेप आवश्यक पर्ने छैन' उनले सार्वजनिक गरेको सपथमा भनेका छन्,  'यसैगरी भ्रमणका क्रममा मेरो स्वागतका लागी कुनै पुष्प गुच्छा, ब्याज, माला वा खादा चाहिने छैन र स्वागतमा विद्यार्थी वा शिक्षक उपस्थित हुनु पर्ने छैन ।'

शैक्षिक संस्थामा भ्रमणका लागि कुनै औपचारिक निमन्त्रणा, समारोह वा कार्यक्रमको आवश्यकता नपर्ने बताउँदै उनले शैक्षिक संस्थामा भ्रमण, अवलोकन वा कार्यक्रममा सहभागिता वापत संस्थाको तर्फबाट मलाई कुनै उपहार, पारिश्रमिक, आतेजाते खर्च वा भत्ताको जरुरत पर्ने छैन भनेका छन् ।

फाईल फोटो

प्रकाशित मिति २०७२ मंसिर २३ गते

प्रतिक्रिया