Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
खबर/फिचर

शिक्षक कर्मचारीको विदामा कडाई

पत्राचार गरी खटाईएका कार्यक्रम भन्दा बाहेकका कुनै पनि कार्यक्रममा जाँदा रितपुर्वक विदा स्विकृत गराएर मात्र जान विद्यालयहरुलाई परिपत्र ।

आइतबार, ०९ असार २०८१

काठमाडौं - सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले मनलाग्दी विदा लिन थाले पछि काठमाडौं महानगरपालिकाले उनीहरुले लिने  विदामा कडाई गरेको छ । शिक्षक कर्मचारीहरु मनलाग्दी तरिकाले विभिन्न कार्यक्रममा सहभागी हुने क्रम बढे पछि बालबालिकाको सिकाइमा असर परेको निष्कर्श सहित महानगरले उक्त कडाई गरेको हो । 

'महानगरले आयोजना गरेका वा आयोजक संस्थाको अनुरोधमा महानगरबाट पत्राचार गरी खटाईएका कार्यक्रम भन्दा अन्य कार्यक्रममा सहभागी हुन जाँदा वा विद्यालयमा अनुपस्थित हुँदा अनिवार्य रुपमा विदा स्विकृत गर्न' महानगरले सबै सामुदायिक विद्यालयलाइ परिपत्र गरेको छ ।

त्यस्ता विदाको अभिलेख प्रमाणित गर्दा काजको हकमा महानगर पालिकाले काज खटाएको पत्र र विदाको हकमा रितपूर्वक विदा स्विकृत भएको पत्र रुजु गरिने महानगरले जनाएको छ । विद्यालय निरिक्षक, शिक्षा अधिकृतले कागजात रुजु र यकिन गरी विदा प्रमाणित गर्ने जनाईएको छ ।  

प्रतिक्रिया