Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
गतिविधि

स्थायी गर्न १५ दिने अल्टिमेटम सहित पाँच बुँदे माग

शिक्षक कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नु पर्ने ।

शुक्रबार, ०७ असार २०८१

काठमाडौं - सम्पूर्ण रिक्त दरबन्दीमा विज्ञापन खोल्न र कायम रहेको श्रेणीगत प्रणालीलाई खारेज गरी तहगत प्रणाली शुरु गर्नु पर्ने भन्दै त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले उपकुलपतिलाई पाँच बुँदे माग बुझाएको छ । ठेक्का करार कार्यविधि २०६९ लागू हुनु पूर्व नियुक्त भएका श्रेणी बिहीन सबै कर्मचारी र करार सेवामा कर्मचारी नियुक्ति सम्बन्धी विनियम २०७९ लागू हुनु पुर्व प्रवेश गरेका सबै प्रकारका कर्मचारीलाई स्थायी गर्नु पर्ने संघको माग छ । 

आफ्ना मागहरु १५ दिन भित्र पुरा गर्न संघले अल्टिमेटम दिएको छ । 

यस अघि भएका सम्झौता मध्ये विशेष तलबी विदा, घर विदा, औषधी उपचार खर्च, कर्मचारी संघको सदस्यता खुला गर्ने, बढुवा सम्बनिध विशेष व्यवस्था जस्ता विषयलाई आगामी त्रिवि सभाबाट निर्णय गराई लागू गर्न संघको माग छ । कर्मचारीको पोशाक भत्ता एवं शिक्षक कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्न पनि संघले माग गरेको छ । 

हेर्नुहोस् माग पत्र जस्तको त्यस्तै  :

TU_2081_3_7
 

TU_2081_03_07

प्रतिक्रिया