Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

एसएमएस खुत्रुकेबाट विद्यालयलाई सहयोग

बुधबार, २३ मंसिर २०७२

काठमाडौं २३ मंसिर / विदेशमा एसएमएस खुत्रुके कार्यक्रम सञ्चालन गरी सङ्कलित रकम चितवनको एक विद्यालयलाई सहयोग गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिकास्थित साविक पदमपुर–८ मा रहेको सुकुम्बासी परिवारका बालबालिका पढ्ने विद्यालयलाई प्रवासी नेपालीले सहयोग गरेका हुन् ।

विद्यालयको शैक्षिकस्तर वृद्धिका लागि तामाङ समाज युएईले रु एक लाख ११ हजार सहयोग गरेको नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष गोपीराज घलानले जानकारी दिनुभयो । उक्त रकम तामाङ समाज युएईले एसएमएस खुत्रुकेबाट सङ्कलन गरेको जनाएका छन् । यसअघि पनि विभिन्न क्षेत्रमा यसरी नै सहयोग गरेको तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएको गाउँमा रहेको र धेरै सुकुम्बासी एवम् आदिवासी जनजाति अध्ययन गर्ने भएकाले सहयोग गरिएको उनीहरूले बताएका छन् । विद्यालयमा ३०० भन्दा बढी पढ्दै आएका छन् । सहयोग जुटाएर विद्यालय चल्दै आएको छ ।

सहयोग रकम निजी स्रोतका शिक्षकहरूको तलबमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक भरत रेग्मीले बताउनुभयो ।
गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया