Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षकसँग घुस खाँदै गर्दा जिशिअ पक्राउ

मंगलबार, २२ मंसिर २०७२

काठमाडौं - शिक्षकसँग घुस खाएको भन्दै बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी पक्राउ परेका छन् । शिक्षक तलब निकासा गर्दिने भन्दै घुस खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टालीले उनलाई सिमरा स्थित झापाली होटलबाट घुस रकम समेत पक्राउ गरेको जनाएको छ ।

बाराको  गढिमाई नगर पालिका–१६, टांगिया बस्ति स्थित श्री शान्ति प्रा.वि.का एक जना शिक्षिकाको निकासा हुन बाँकी रकम निकासा गर्दिने भन्दै उनले १० हजार रुपैंया घुस खाएको अख्तियारले दावि गरेको छ ।
घटनाका बारेमा अख्तियारले जानकारी गराए पनि बिस्तृत विवरण आउन बाँकी रहेको क्षेत्रीय शिक्षा निर्देशक कृष्ण काप्रीले बताए ।

अध्यापन गराए वापत निकासा गर्न बांकी रकम निकासा गर्न घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको हेटौंडा स्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले रकम सहित फक्रेको अख्तियारले जनाएको छ ।
भण्डारीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

तस्विर : भण्डारीको फेसबुकबाट

प्रकाशित मिति २०७२ मंसिर २२ गते

प्रतिक्रिया