Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

पठन पाठन नभएको समयको शुल्क नलिन माग

शुक्रबार, १५ जेठ २०७२

काठमाडौं १५ जेठ / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले भुकम्पका कारण पठन पाठन नभएको समयको शुल्क नलिन निजी विद्यालयहरुसंग माग गरेको छ । बन्द भएको समयको समेत शुल्क लिने निजी विद्यालयहरुको निर्णयले शिक्षाको नाममा भईरहेको लुट धन्दाको कुरुप अनुहारलाई उदाङ्गो पारिदिएको क्रान्तिकारीले ठहर गरेको छ । अध्यक्ष शरद रसाईलीद्धारा जारी विज्ञप्तिमा कम्तिमा एक महिनाको शुल्क नलिन माग गरिएको छ ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले गत बुधबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्य बहादुर केसीले शिक्षकको तलव, घरभाडा लगायतका खर्च यथावत रुपमा ब्यहोर्नु परेकोले शुल्क नलिने कुरा ब्यवहारिक नहुने तर्क गरेका थिए । 

भूकम्पका कारण मुलुकको राजनिति, आर्थिक, शैक्षिक सबै क्षेत्रमा गम्भिर असर परेको जनाउँदै क्रान्तिकारीले उपत्यका बाहिर जान चाहने विद्यार्थीको यस अघिनै भुक्तान भएको शुल्क फिर्ता गर्न पनि माग गरेको छ ।

तस्विर : ईन्टरनेट

प्रतिक्रिया