Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

शिक्षक दरबन्दी तथा तहगत समायोजन स्थानीय तहसँगको समन्यवमा

भूगोल जनसांख्यिक परिवर्तन र विद्यालय संख्यालाई आधार मानि सबै विद्यालयको नक्साँकन गरिने

मंगलबार, १५ जेठ २०८१

काठमाडौं - शिक्षकको दरबन्दी मिलान तथा तहगत समायोजन स्थानीय तहसँगको समन्यवमा गरिने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त योजना उल्लेख गरेका  हुन् ।

'स्थानीय तहसँगको समन्यवमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गरिने छ' पुनले भने 'भूगोल जनसांख्यिक परिवर्तन र विद्यालय संख्यालाई आधार मानि सबै विद्यालयको नक्साँकन गरिने छ ।' 

पिछडिएको क्षेत्र र समुदायलाई प्राथमिकतामा राखि ५ सय विद्यालयमा खानेपानी र शौचालयको निर्माण गरिने बजेटमा उल्लेख छ । अपागं मैत्री लैगिंक संवेदनशील र सरक्षित एक हजार कक्षा कोठा निर्माणका लागि दुई अर्व ५० करोड विनियोजन गरिएको छ । अनुसन्धान र नवप्रर्वतनबाट सृजित ज्ञान र बौद्धिक सम्पत्ति संरक्षण गर्दै स्टार्ट अप उद्यमी सँगको सहकार्यमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सीप र रोजगारीमा आवद्ध गरिने बजेटमा उल्लेख छ ।  

श्रम बजारको आधारमा प्राविधिक शिक्षालयहरुको नक्सांकन गरिने छ । प्राविधिक धारका शिक्षालयमा गरीव तथा विपन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । प्राविधिक शिक्षा तर्फ १ अर्ब ५९ करोड विनियोजन गरिएको बताउँदै पुनले चिकित्सा शिक्षा छात्रवृत्तिलाई व्यवस्थित गर्ने, सहुलियत कर्जा उपलब्ध गराईने उल्लेख गरे । 

बजेट सम्बन्धि यो खबर पनि पढ्नुहोस्  : विद्यार्थी परिचयपत्रलाई सूचना प्रणालीमा आवद्ध बनाईने, छात्रवृत्ति लगायतका बिवरण यकिन गरिने 

प्रतिक्रिया