Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भूकम्पमा गुमाएकी छोरीको सम्झनामा क्याम्पसलाई सहयोग

मंगलबार, २२ मंसिर २०७२

काठमाडौं २२ मंसिर / म्याग्दीको बाबियाचौरका एक परिवारले भूकम्पमा परी दिवङ्गत भएकी छोरीको स्मृतिमा स्थानीय क्याम्पसलाई रु एक लाखभन्दा बढी नगद सहयोग गरेको छ । बाबियाचौर– ८ रणवाङका ललितबहादुर मल्ल, उहाँकी श्रीमती कृष्णकुमारी मल्लले छोरी यशुदाको स्मृतिमा मङ्गला शिक्षा क्याम्पसलाई नगद रु एक लाख ५१५ सहयोग गर्नुभएको क्याम्पसले जनाएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि घर भत्किँदा काठमाडौँको गोङ्गबुमा होटल व्यवसाय गर्दै आएकी मल्लको मृत्यु भएको थियो । मङ्गला शिक्षा क्याम्पसको भौतिक तथा आर्थिक स्रोत जुटाउन एक वर्षअघिदेखि आर्थिक सङ्कलन अभियान सञ्चालन भएको थियो ।

सेवा क्षेत्रका बासिन्दा, पूर्व विद्यार्थी र प्रवासीहरुबाट हालसम्म नगद र घोषित रकम गरी रु ८२ लाख सङ्कलन भएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । उक्त रकम क्याम्पसका लागि आवश्यक पर्ने जग्गा खरिद गर्न प्रयोग गरिने सहयोग सङ्कलन अभियानका विदेश विभाग प्रमुख सतप्रसाद रोकाले बताउनुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया